कोशी सरकारविरुद्दको रिटमाथि आज पनि सर्वोच्चमा बहस

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी सरकारविरुद्दको रिटमाथि आज पनि सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाई हुँदैछ ।

Honor x7 pad

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त मुद्दा हेरिरहेको छ ।

आइइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमबारबाट पुर्ण इजालसमा सुनवाइ हुने भने पनि सो दिन हेर्दा हेर्दैमा राखिएको थियो। 

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री उद्द्व थापालाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्म्मत कार्कीले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

निवेदकहरुको बहस सकिएकाले आज प्रतिवादीहरुको बहस सुरु हुनेछ।आजको पूर्ण इजलासबाट कोशी प्रदेश सरकारको छिनोफनो हुँदैछ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:१३
प्रतिक्रिया दिनुहोस्