एमाले लुम्बिनीको अध्यक्षमा विश्नु पौडेल निकट राधाकृष्ण कंडेल निर्वाचित

बुधबार, भदौ २०, २०८०
honor mob  winter sales

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिबेशनबाट प्रदेश अध्यक्षमा विश्नु पौडेल निकट राधाकृष्ण कंडेल निर्वाचित भएका छन् ।

Honor x7 pad

बुटवलमा भएको मतदानको आज बिहान आएको अन्तिम मत परिणामबाट एमाले लुम्बिनी अध्यक्षका अर्का उम्मेदवार  हरि रिजाललाई कंडेलले २ मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित भएका कंडेलले ४७९ मत प्राप्त गर्दा पराजित भएका रिजालले ४७७ मत ल्याए। 

त्यस्तै उपाध्यक्षमा पौडेल निकट रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने शंकर पोखरेल निकट रोल्पाका पूर्णबहादुर बुढामगर रिजाल प्यानलबाट उपसचिव निर्वाचित भएका छन् । 

पौडेल निकट महिला उपसचिवमा लिला राना निर्वाचित भइन भने सचिवमा निर्विरोध निर्वाचित भएका  लक्ष्मण आचार्य पनि कंडेल पक्षकै हुन् । उनी दाङका हुन् ।

एक उपसचिव बाहेक सबै पौडेल निकटका उम्मेदवारहरु निर्वाचित भएका छन् । निर्वाचित हुनेमा  लेखा समितिको अध्यक्षमा दामोदर घिमिरे  निर्वाचित भएका छन् । त्यस्तै भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्