प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्दैन: प्रमुख सचेतक गिरी

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा माफी नमागेसम्म सदन चल्न नदिने अडान कायमै रहेको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताएका छन्।

Honor x7 pad

आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले प्रधानमन्त्रीले संसद बैठकमा माफी मागेमात्र सदन खुल्ने बताए। प्रमुख सचेतक गिरीले प्रमुख तीन दलको बैठकबाट कुनै निष्कर्श निकास ननिस्केको दाबी गरेका छन्।

प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई कमजोर पार्नेगरी अभिव्यक्ति दिएकाले उक्त विषय अहिले नटुङ्गिएको बताए। नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुँरिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ छ।

प्रमुख सचेतक गिरीले विकसित देशमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण राजीनामा दिइसकेको हुने उनले दाबी गरे।

सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिबाट निर्वाचित भएको प्रधानमन्त्रीले बाहिरबाट प्रधानमन्त्री बनेको अभिव्यक्ति दिनु गम्भीर त्रुटी भएको उनले बताए।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्