बालेन पत्नी सवार गाडी ट्राफिकले ७ मिनेट रोकेर अनावश्यक दु:ख दियो: बालेन सचिवालय

आइतबार, भदौ १७, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौँ महानगरका  मेयर वालेन्द्र साह (बालेन) पत्नी सबिना काफ्लेलाई ट्राफिक प्रहरीले नै केहिबेर दु:ख दिएको बालेन सचिवालयले जनाएको छ। 

Honor x7 pad

बालेन पत्नीलाई ट्राफिक प्रहरीले दुःख दिने गरी केरकार गरेको र काफ्लेलाई ७ मिनेट केरकार गरिएको सचिवालयले विज्ञप्ति मार्फत जनाएको छ। 

यही प्रसङ्गमा शनिबार राति बालेनले सामाजिक संजालमा सिंहदरबार जलाइदिने धम्की दिँदै स्टाटस लेख्दै चोर सरकार समेत लेखेका थिए।

बालेन सचिवालयले यसबारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूप्रति ध्यानाकर्षण भएको बताउँदै सचिवालयले आज  विज्ञप्ति जारी गरेको हो । 

यस्तो छ बालेन सचिवालयले जारी गरेको विज्ञप्ति-

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्