कोशी सरकारविरुद्दको रिट अब पूर्ण इजलासमा

आइतबार, भदौ १७, २०८०
honor mob  winter sales

काठमाडौं । सर्वोच्च अदालतमा परेको कोशी  सरकारविरुद्धको  रिटको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ।

Honor x7 pad

आज सर्वोच्च अदालतका न्यायाधीश द्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले कोशी  सरकारविरुद्ध रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो। रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्