लूटपाटको आरोपमा बिरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ

आइतबार, असार २४, २०८०
honor mob  winter sales

सुर्खेत । सुर्खेतमा केही महिना अघि मुख्यमन्त्री कार्यालयका उपसचिवलाई मुक्का हान्ने वडाध्यक्ष लूटपाटको आरोपमा पक्राउ परेका छन्।

Honor x7 pad

उपभोक्त समितिबाट रकम लुटेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टलाई  सुर्खेत प्रहरीले आज पक्राउ गरेको हो।

उपभोक्ता समितिको रकम गत बिहीबार नै लुटपाट गरेको आरोपमा वडाध्यक्ष विष्टलाई सघाउने सोही वडाकै बलिराज शाही र सुशील गुरुङलाई शनिबारनै  प्रहरीले पक्राउ गरेको हो।

स्थानीय हर्कबहादुर शाहीसहित दुई जनाले वडाध्यक्ष विष्ट र अन्य दुईजना विरुद्द शुक्रवार डाँका चोरीको जाहेरी दिएपछि शनिबार दुई जनालाई पक्राउ गरेपनि आज अदालतबाट पक्राउ पुर्जी जारी गरेर वडाध्यक्षलाई पक्राउ गरिएको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी लक्ष्मणबहादुर शाहीले बताए।

प्रवक्ता शाहीका अनुसार पक्राउ परेका वडाध्यक्षसहित तिनै जनालाई जिल्ला अदालत सुर्खेतबाट ४ दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।

वडाध्यक्ष विष्टलाई सोही  वडाभित्र पर्ने खोर्के खोलामा तटबन्धन बनाउने उपभोक्ता समितिबाट गत बिहीबार  साढे ६ लाख रुपैयाँ लुटेको लुटेर लिएको जाहेरी दर्ता भएको छ। 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्