काठमाडौं उपत्यका बाहिर पहिलो पटक दमकल मोटरसाइकल सुरु

शनिबार, भदौ १६, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ ।

Honor x7 pad

नेपालगञ्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलोपटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो । 

दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगञ्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीका कारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गरे । 

काठमाण्डौ महानगरपालिकाका पूर्व बारुणयन्त्र इन्चार्ज एवम् बरिष्ठ अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी रहेको बताए ।

यो सेवा सुरु भएपछि अब बारुणयन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्यसञ्चालन केन्द्रकमा सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्