खेतमा मृत भेटियो ३ वर्षको चितुवा

शुक्रबार, भदौ १५, २०८०
honor mob  winter sales

पर्वत । पर्वतको खेतमा एउटा चितुवा मृत फेला परेको छ। जिल्लाको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा आज बिहान एउटा चितुवा मृत भेटिएको पर्वत प्रहरीले जनाएको छ।

Honor x7 pad

उक्त चितुवा राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयवासीले चितुवा देखेलगत्तै खबर गरेर डिभिजन वन कार्यालयका कर्मचारी र प्रहरीसहित पुगेको टोलीले मृत चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडेका हुन् । 

डिभिजन वन कार्यालयका अनुसार झन्डै ३ वर्षजति उमेरको देखिने चितुवा केही दिन अगाडि नै मरेको पाइएको छ । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन । 

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवा खाडलमा गाडिएको छ ।

पर्वतमा गत आर्थिक वर्ष २०७९/८० मा ९ वटा चितुवा मृत फेला परेका थिए । दुईवटा चितुवाको भने जीवितै उद्धार गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्