सुख्खा पहिरोले गोरखा-आँबुखैरेनी सडकखण्ड अवरुद्द

शुक्रबार, भदौ १५, २०८०
honor mob  winter sales

गोरखा । आज बिहान खसेको सुक्खा पहिरोले गोरखा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध बनेको छ । गोरखाको मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा पहिरो खसेको हो । 

Honor x7 pad

पहिरो खसेपछि त्यहाको यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको गोरखा प्रहरीले जानकारी दिएको छ। 

अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएपनि पहिरो पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ।

प्रहरीका अनुसार गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको छ। तर सुख्खा पहिरोले गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्