विभिन्न हतियारसहित ५ जना पक्राउ

बिहीबार, भदौ १४, २०८०
honor mob  winter sales

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले कैलालीको लम्कीचुहा नगरपालिका-१ को भुरुवाबाट ४ जनालाई बन्दुक, गोली र बारूदसहित पक्राउ गरेको छ ।

कैलाली प्रहरीका अनुसार स्थानीय अर्जुन बिक, रामचन्द्र चौधरी,नरेश डगौरा र सचिन चौधरीको साथबाट प्वाइन्ट २२ हर्नेट (बन्दुक), एक थान म्यागजिन, १५ राउण्ड गोली र ५ ग्राम बारुद बरामद बरामद गरिएको हो।

त्यस्तै प्रहरील भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाऐ कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्