कृष्णबहादुर महराका छोरा राहुल सुनकाण्डमा पक्राउ

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । 

Honor x7 pad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई आज दिउँसो पक्राउ गरेको हो।

अवैध सुन प्रकरणमा राहुललाई सीआईबीले  आज उनकै घरबाट पक्राउ गरेको हो । 

विमानस्थलबाट हुने सुन तस्करीमा पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा मुछिएका छन्। ई–सिगरेट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारीसमेत रहेका तस्करसँग महरा बाबुछोरा मुछिएका हुन् ।

उनीमाथि संगठित अपराधमा अनुसन्धान गर्ने भन्दै हिरासतमा राख्न अनुमति माग गरेको सीआईबी स्रोतले बताएको छ ।

उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्