एसिया कप क्रिकेट: पाकिस्तानविरुद्द बलिङ गर्दै नेपाल

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । आजदेखि शुरु भएको एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध बलिङ गर्दैछ। 

Honor x7 pad

टस जितेको पाकिस्तानले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो।  पाकिस्तानको आयोजनामा भइरहेको एसिया कपको १६ औँ संस्करणको पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदैछ। 

नेपाल र  एक दिवसीयको विश्वकै शीर्ष वरीयतामा रहेको पाकिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो ३:१५ बजे मुल्तान स्टेडियमामा शुरु भएको छ।

पाकिस्तानका फहकर जमाम र इमाम अल हक ब्याटिङका लागि क्रीजमा छन् ।

विश्वकै एक नम्बर टिमसँग कप्तान रोहित पौडेलले कप्तानी गरेको नेपालले  पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने अनुमान गरिएको छ।

नेपाल एसिया कप विश्वकै कडा टोली पाकिस्तान र भारतसँग खेल्न लागेको हो । नेपाल पाकिस्तानी खेलाडीका अगाडि कमजोर भएपनि नेपाललाई कडा प्रतिस्पर्धी मानेरै खेल्ने पाकिस्तानी खेलाडीहरुले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्