सुन तस्करी प्रकरणमा दु:ख दिएको भन्दै विमानस्थल भन्सारका १३७ जना कर्मचारीले मागे एक साथ सरुवा

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा विभिन्न बहानामा आफुहरुलाई निकै दुख दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गरेका छन् ।

Honor x7 pad

सुन तस्करी प्रकरणको अनुसन्धान र छानबिनको क्रममा  बिनाकारण दुःख दिदै मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले आफुहरु कार्यालयमा रहेर काम गर्न नसक्ने अवस्था आएको हुँदा एकै पटक १३७ जना विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले सरुवा माग गर्दै संयुक्त रुपमा विभागलाई पत्र  नै बुझाएका छन् ।

उनीहरुले दोषीलाई कारबाहीको माग गर्दै निर्दोषलाई अनाहकमा दुख नदिन समेत आग्रह गरेका छन् ।

सरुवा माग्नेमा ३५ जना भन्सार अधिकृत समेत रहेका छन् । 

 

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्