जनकपुर उडेको बुद्धको जहाजमा प्राविधिक समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइयो

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएपछि   काठमाडौं फर्काइएको छ।

Honor x7 pad

आज बिहान काठमाडौंबाट जनकपुरका लागि उडान भरेको बुद्ध एयरको ५०१ जहाज ९ एन–एजेशून्य कलसाइन भएको जहाजमा प्राविधिक समस्या भएपछि बीच आकाशबाट काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ।

२३ मिनेट उडान भरिसकेको उक्त जहाजमा समस्या आउँदा पुनः काठमाडौं फर्काइएको बुद्ध एयरले सूचना जारी गर्दै जानकारी दिएको छ।

जनकपुर जाँदै गरेको जहाजमा ६८ जना यात्रुहरु सवार थिए। जसमा आज सिरहामा हुँदै गरेको नेकपा एमालेको सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेता सवार थिए।

बुद्ध एयरले काठमाडौं फिर्ता ल्याइएको जहाजका सबै यात्रुलाई अर्कै जहाजमा जनकपुर उडाएको छ भने उक्त जहाजको प्राविधिक जाँच भइरहेको बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरले आज यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्