डेंगी संक्रमणबाट सुत्केरीको मृत्यु

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

उदयपुर । उदयपुरमा एक जना सुत्केरीको डेंगी संक्रमणबाट मृत्यु भएको छ ।

Honor x7 pad

उदयपुरको रौतामाई गाउँपालिका-७ की ४२ दिनकी एक सुत्केरी २४ वर्षीया सुमित्रा मगरको डेंगी संक्रमणबाट  मृत्यु भएको रौतामाई गाउँपालिकाले जनाएको छ।

४२ दिने सुत्केरी सुमित्रालाई डेंगी संक्रमण भएपछि उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममामा मृत्युु भएको गाउँपालिकाले जानकारी दिएको छ।

उदयपुर  जिल्ला स्वास्थ्य कार्यालयका अनुसार  जिल्लामा हालसम्म झण्डै एक हजार जना डेंगीबाट संक्रमित भइसकेका छन् भने डेंगीबाट दुईको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले डेंगीबाट बच्न सम्बन्धित सबैलाई आग्रह गरेको जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्