सुन तस्करीको सूचना बटुल्न सीआईबीका एसएसपी हङकङ जाँदै

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर बाहिरिएको ६०  किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा विदेशी नागरिकको कनेक्सन  देखिपछि नेपाल प्रहरी हाई अलर्ट बसेको छ।

Honor x7 pad

विदेशी नागरिकको सुन तस्करी प्रकरणमा कनेक्सन देखिएछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल )को सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेशराज आचार्यलाई  सूचना सङ्कलनका लागि हङ्कङ पठाइने भएको छ । 

एसएसपी आचार्य  चाँडै  हङ्कङ जाने नेपाल प्रहरीका प्रवक्ता डिआईजी कुँवेर कडायतले जानकारी दिए । गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सीआईबीले गरिरहदा विदेशी नागरिकको कनेक्सन देखिएपछि नेपाल प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । यसका साथै सीआईबीले यही भदौ ८ गते सुन प्रकरणमा केहि जानकारी पाएमा आवश्यक सूचना र जानकारी दिन समेत अनुरोध गरिसकेको छ । 

सीआईबीले  सुन तस्करी  प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने केहि विदेशी नागरिकसँग ३ देशको नागरिकता समेत फेला परेको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्