सुन तस्करीमा पक्राउ परेका एक चिनियाँ नागरिकसँग ३ देशको नागरिकता

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरु मध्ये एक जनाको साथबाट तीन देशको नागरिकता भेटिएको  छ ।

Honor x7 pad

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा गत  भदौ १ गते  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा   पक्राउ परेका चिनियाँ नागरिक याओ पुचेङसँग चीनसहित भारत र नेपालको नागरिकता पनि फेला परेको छ।

सीआईबीका अनुसार उनलाई पक्राउ गर्दा भारतको आधार कार्ड समेत भेटिएको थियो ।पुचेङले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको पाइएको सीआईबीले जनाएको छ।

यस्तै उनको साथबाट काभ्रे जिल्लाबाट बनाइएको   नेपाली नागरिकता पनि फेला परेको  छ। उनले काभ्रेबाट बनाएको नागरिकता आधारमा राहदानी समेत बनाएको खुल्न आएको छ।  चिनियाँ नागरिक रहेका उनीसँग चिनियाँ सरकारी कागजात पनि भेटिएको सीआईबीले जनाएको छ।

पुचेङले बनाएको नागरिकताको सक्कल विवरण माग्दा भने जिल्ला प्रशासन काभ्रेमा भने उनले बनाएको नागरिकतको रेकर्ड फेला नपरेको सीआईबीले जानकारी दिएको छ।

सोही प्रकरणमा पक्राउ परेका अन्य  ३ जना चिनियाँ नागरिकले पनि लिएको नेपाली नागरिकताबारे कुनै विवरण फेला परेका छैनन् । उनीहरु पक्राउ परेपछि सबै सक्कल विवरण गायब पारिएको आंशका सीआईबीले गरेको छ। अहिलेसम्म सम्म सुन तस्करी प्रकरणमा सीआबीले आधा दर्जन चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्