काठमाडौंमा मर्निङ वाक जाने महिलाहरुको सुन लुट्ने गिरोहका ४ जना पक्राउ

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । मर्निङ वाकमा निस्किने महिलाहरुलाई लक्षित गरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध लूटपाटमा संलग्न भएको एक गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

उपत्यका अपराध अनुसन्धान कार्यालयले मर्निङ वाकमा हिड्ने महिलाहरुले लगाएको सुनको सिक्री लुटपाटमा प्रयोग गरिएका २ वटा चोरीकै मोटरसाइकलसहित  गलाएको सुनको ढिक्कासमेत बरामद गरेको जनाएको छ।

महिलाहरुको सुन लुट्ने गिरोहका लिखु १ दुरागाउँ रामेछापका ३२ वर्षीय रविन दमाई,  धरानका रवि विश्वकर्मा, काभ्रे पाँचखालका उमेश क्षेत्री र धनकुटा लेगुवाका राहुल माझीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार सुन लूटपाट गर्ने गिरोहले गत असार १ गतेदेखि २० गतेसम्म टोखा, नार्गाजुन नगरपालिकाको बुद्धचोक, काठमाडौं ३ चक्रपथ बंगलामुखी मन्दिर नजिक, काठमाडौं १५ चागलमा गरी ८ स्थानबाट महिलाको सुनको सिक्री लुटेका थिए।

प्रहरीका अनुसार गिरोहले लुटेका सुनका सिक्री किन्ने पश्चिम बंगाल भारत घर भइ असनमा सुन पसल चलाउने   ४२ वर्षीय श्रीकान्ता माइतीलाई पनि पक्राउ गरेको छ। 

पक्राउ परेका गिरोहले दिएको जानकारी अनुसार सुन लुटपाटका मुख्य योजनाकार रविन दमाई रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ। 

प्रहरीले लुटपाट घटनाबारे थप अनुसन्धान गरिएरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्