यी प्रदेशमा वर्षाको सम्भावना

मंगलबार, भदौ १२, २०८०
honor mob  winter sales

विराटनगर । देशभर केही प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

Honor x7 pad

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।  

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्