दार्चुलामा आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

सोमबार, भदौ ११, २०८०
honor mob  winter sales

दार्चुला । दार्चुलामा आत्मदाहको प्रयास गरेकी महिलाको महिलाको मृत्यु भएको छ ।जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले मट्टीतेल छर्केर आत्मदाह गर्न खोजेकि थिइन। 

Honor x7 pad

साउँदले आइतबार  बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार उनको घुडाभन्दा माथिको शरीरको भाग जलेको थियो।

शरीरमा आगो लगाएको स्थानीयहरुले देखेपछि उद्वार गरेर गोकुलेश्वर अस्पताल लगेपनि उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी लैजाने  क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्