किन एक्कासी मन्त्रालय तानिए दाङका सिडीओ?

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

घोराही (दाङ ) । दाङका प्रमुख जिल्ला अधिकारी (सिडीओ) सुशील वैद्य एक्कासी  मन्त्रालय तानिएका छन् ।

Honor x7 pad

ललिता निवास प्रकरणमा उनको नाम मुछिएपछि गृह मन्त्रालयले प्रजिअ वैद्यलाई गृह मन्त्रालयले फिर्ता बोलाएको हो।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी देखिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेपछि मन्त्रालयले फिर्ता बोलाएको हो।

ललिता निवास प्रकरणमा मुछिएपछि छानबिन गर्नका लागि उनलाई फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्