गाई काटिरहेको अवस्थामा ३ जना पक्राउ

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

तनहुँ । गाई काटेको आरोपम प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसहित ३ जनालाई गाई काटेको आरोपमा  पक्राउ गरेको छ। 

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

धरानमा गाई काटेर खाएको भन्दै विरोध प्रदर्शन भइरहदा शनिबार साँझ प्रहरीले ३ जनालाई गाई काटिरहेको अवस्थामा पक्राउ गरेको हो।

प्रहरीले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्