दार्चुलामा एक महिलाद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

आइतबार, भदौ १०, २०८०
Honor 600 pro

दार्चुला । दार्चुलामा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले मट्टीतेल छर्केर आत्मदाह गर्न खोजेकी हुन । 

साउँदले आज बिहान ११ बजेतिर घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार उनको घुडाभन्दा माथिको शरीरको भाग जलेको छ।

शरीरमा आगो लगाएको स्थानीयहरुले देखेपछि उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको छ । उनको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्