सचिव राउतलाई पनि प्रतिवादी बनाउने सरकारी वकिल कार्यालयको निर्णय

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

काठमाडौं । सञ्चार सचिव कृष्णबहादुर राउतलाई पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रतिवादी बनाउने निर्णय गरेको छ।

Honor x7 pad

ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सञ्चार सचिव कृष्ण बहादुर राउतलाई मुद्दा नचलाउने राय पेश गरेपनि जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाउने बताएको छ।

सरकारी वकिलले राउतलाई पनि प्रतिवादी बनाएर सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने भएको हो।

यसअघि पक्राउ परेर सर्वोच्च अदालतको आदेशमा रिहा भएका सञ्चार सचिव राउतलाई गत असार २४ मा सीआईबीली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

बहालवाला सचिव राउत शाखा अधिकृत हुँदा  ललितानिवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने एउटा फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो । मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो ।

सीआईबीले सरकारी वकिल कार्यालयलाई ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई साक्षी बनाएर अन्य २८६ जनालाई प्रतिवादी बनाउदै  संगठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो । सरकारी वकिल कार्यालय भने सबै प्रतिवादीहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाउने निर्णय गरेको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्