माल्टामा प्रमोद खरेल सांगीतिक साँझ हुँदै

आइतबार, भदौ १०, २०८०
honor mob  winter sales

माल्टा । माल्टामा प्रमोद खरेलको साँगीतिक साँझ हुने भएको छ । तमु समाज माल्टाको आयोजनामा सेप्टेम्बर २ तारिखमा प्रमोद खरेल विशेष साँझ कार्यक्रम गर्न लागेको हो। 

Honor x7 pad

सेप्टेम्बर २ तारिखका दिन गायक खरेलसँगै माल्टास्थित स्थानीय नेपाली कलाकारले समेत बेजोड प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ। 

नेपाली गीत संगीत लगायत संस्कृतिको जगेर्ना गर्ने सोचका साथ आयोजना गर्न लागिएको सांगीतिक कार्यक्रमलाई भब्य बनाउन माल्टामा रहेका नेपालीलाई आयोजकले आग्रह समेत गरेका छ ।

यस्तै आयोजकले यसपटक नजिकिदै गरेको चाड चाँड पर्वकै मुखमा कार्यक्रम आयोजना गरिएको हुँदा दर्शकहरुको समेत बाक्लो उपस्थिति रहने विश्वास गरेको छ।

आयोजकका अनुसार कार्यक्रम सेप्टेम्बर २ का दिन कुलेज फुटबल ग्राउण्डमा साँझ ५ बजेदेखि राति १० बजेसम्म चल्ने भएको छ।

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्