डेङ्गी संक्रमित भएपछि मन्त्री लिम्बू अस्पताल भर्ना

आइतबार, भदौ १०, २०८०
Honor 600 pro

काठमाडौँ । डेङ्गी संक्रमित भएपछि  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू अस्पताल भर्ना भएका छन् । 

मन्त्री लिम्बूलाई शुक्रबार साँझ एक्कासी ज्वरो आएर जाँच गर्दा  डेङ्गी सङ्क्रमण देखिएपछि उपचारका लागि शनिबार वीर अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी दिएको छ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गी प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:२८
प्रतिक्रिया दिनुहोस्