दुई ट्रक अवैध सामाग्री रुपन्देही भन्सार कार्यालयको नियन्त्रणमा

शनिबार, भदौ ९, २०८०
honor mob  winter sales

रुपन्देही । भारतबाट अवैध रुपमा ट्रकमै ल्याइएको ठुलो परिमाणमा कपडा, काजु, किसमिसलगायतका सामाग्रीलाई रुपन्देही भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ।

Honor x7 pad

ट्रकमा लोड गरेर प्लाष्टिकका दाना भनेर नेपाल भित्र्याउन लागिएको कपडा, काजु, किसमिसलगायत सामाग्रीसहित दुईवटा ट्रक भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ।

प्लाष्टिकका दाना भनेर ल्याएको ट्रकलाई भन्सार कार्यालयमा चेक जाँच गर्दा कपडा, काजु, किसमिसलगायतका सामाग्री फेला परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । 

भन्सार कार्यालयले चेक जाँच मा ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिषरबाटै नियन्त्रणमा लिएपनी चालक भने फरार भएकाले मालिक को हुन् भन्ने नखुलेको जनाएको छ।

भन्सार कार्यालयका अनुसार बरामद गरिएका अवैध सामाग्रीको मुल्य करिब २ करोड रहेको पाइएको छ ।

भन्सार कार्यालयका अनुसार बरामद गरिएका अवैध सामाग्रीहरुको मूल्यांकन गर्ने काम भइरहेको छ।

 

 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्