सुन तस्करी प्रकरणमा कुनै सूचना आए जानकारी गराउन सीआईबीको अनुरोध

शनिबार, भदौ ९, २०८०
honor mob  winter sales

काठमाडौं ।  सुन तस्करी प्रकरणका विषयमा कुनै तथ्य , जानकारी , प्रमाण, सूचना भए ब्युरोमा पठाएर सहयोग गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुरोध गरेको छ । 

Honor x7 pad

सीआईबीका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले त्यस्ता सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्षरुपमा आई उपलब्ध गराउन वा ईमेलमार्फत पनि पठाउन सकिने बताए । सूचनाले अपराध अनुसन्धानमा सहयोग गर्ने पनि उनले बताए । 

यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने पनि उनले बताए । उनका अनुसार सुनका विषयमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा जानकारी दिन सकिने उल्लेख गरिएको छ । 

विभिन्न गिरोहले अवैधरुपमा भन्सार छली ल्याएको सुन प्रकरणका सम्बन्धमा केही दिन यता विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित भएका समाचारका सम्बन्धमा ब्यूरोको ध्यानाकर्षण भएको पनि ब्युरोले जनाएको छ । 

एक महिना अघि भन्सार छली ल्याइएको सुनको सुक्ष्मरुपमा अनुसन्धान गरिरहेको जनाइएको छ। यसभन्दा अगाडिका विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत यस केन्द्रीय अनुसन्धान ब्युरोबाट सूक्ष्म रुपमा अनुसन्धान भइरहेको ब्युरोले शुक्रबार एक सूचना जारी गरी जनाएको छ ।  

“आम नागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

६० किलो ७१६ सुन तस्करी प्रकरणमा केही दिनअघि मात्रै ब्युरोले आफ्नो अनुसनधान सकेर सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । 

उक्त प्रकरणमा आइतबार अदालतमा मुद्दा लैजाने तयारी छ । उक्त प्रकरणमा १८ जना हिरासतमा छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्