बाढीले बाँध भत्काउदा सयौं घर डुबानमा

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

सप्तरी । निरन्तर परेको अविरल वर्षासँगै आज नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किँदा सयौं घर डुबानमा परेका छन्।

Honor x7 pad

बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा १ सय भन्दा बढी घर डुवानमा परेका हुन्। नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा स्थानीयको जन‍जीवन प्रभावित भएको छ। 

स्थानीयका अनुसार दुई ठाउँमा ५०–५० मिटर र एक ठाउँमा सय मिटर जति बाँध भत्किएपछि बाढी आएको हो ।

गुणस्तरीय रुपमा बाँध निर्माण नहुँदा बाँध भत्किएपछि यस क्षेत्रका जनतालाई बर्सेनि बाढीको समस्या भोग्दै आएका छन् ।

बाँध भत्किएपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितका टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए।

बाढीले थप क्षति नहोस् भनि बाँध भत्किएसँगै सशस्त्र र नेपाल प्रहरीको टोली खटाएको प्रजिअ थापाले जानकारी दिए। उनले तत्कालै गर्नुपर्ने कार्य गरिसकेको थप यस विषयमा  सरोकारबालासँग समन्वय गर्ने बताए ।

टोलीमा उप अनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, सप्तरीका प्रहरी प्रमुख नरेन्द्र कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, जलश्रोत तथा सिंचाई विकास डिभिजनका प्रमुख रमणकुमार साह लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २३:२४
प्रतिक्रिया दिनुहोस्