कपिलवस्तुको वनमा भेटियो चप्पलसहितको मानव कङ्काल

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

सौरभ गिरी/ कपिलवस्तु । कपिलवस्तुको सामुदायिक वनमा मानव कङ्काल फेला परेको छ ।

Honor x7 pad

वाणगङ्गा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव  कङ्काल फेला प्रहरीले जनाएको छ।

वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल  समेत फेला परेको  प्रहरीले जनाएको छ। प्रहरीले  वनभित्र भेटिएको कङ्कालबारे अनुसन्धान भइरहेको बताएको छ । 

वाणगङ्गा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कङ्काल फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्