मापसे गरेको समूहले डियुटीमा रहेका इन्स्पेक्टरमाथि बन्चरो प्रहार

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

झापा। नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर ) माथि बन्चरो प्रहार भएको छ।

Honor x7 pad

झापास्थित इलाका प्रहरी कार्यालय झिलझिलेका इन्स्पेक्टर युवराज कटवालमाथि आक्रमण भएको झापा प्रहरीले जनाएको छ ।

शिवसताक्षी नगरपालिका- ९ स्थित याङयास्थित राजमार्ग सुरक्षामा खटिएर गए राति चेकजाँचका क्रममा मदिरा सेवन गरेर मोटरसाइकलमा सवार  तीन जनाको समूहमा आउँदै गरेका युवाहरुलाई रोक्न खोज्दा उनीहरुले इन्स्पेक्टर कटवालमाथि बन्चरो प्रहार गरेका हुन्। बन्चरो प्रहारबाट कटवालको टाउकोमा चोट लागेको छ।

इन्स्पेक्टर कटवाल नेतृत्वको टोलीले राजमार्गमा उनीहरुलाई रोक्न खोज्दा बन्चरो प्रहार गरेको जिल्ला प्रहरी झापाले जनाएको छ। प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा  मे ४ प २७५१ नम्बरको मोटरसाइकलका चालक ३२ वर्षीय अरुण तामाङ, मोटरसाइकलको बीचमा बसेका ३३ वर्षीय लक्ष्मण टुडु र बञ्चरो हान्ने ३६ वर्षीय अशोक पोखरेल रहेका छन् ।

घाइते भएका इन्स्पेक्टर कटुवालको बिर्तामोडस्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीले जनाएको छ। 

नियन्त्रणमा लिइएका आक्रमणकारीहरुसँग थप नियन्त्रणमा  अनुसन्धान  गरिरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्