मेलम्चीमा आएको बाढीले विद्यालयका भौतिक संरचना बगायो

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

काठमाडौं ।  मेलम्ची नदीमा आएको बाढीले विद्यालयका भौतिक संरचना बगाएको छ।

Honor x7 pad

बुधवारदेखिको परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएर  सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको प्रहरीले जानकारी दिएको छ।

बाढी आएर मेलम्चीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ। सोही विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको प्रहरीले जनाएको छ।

त्यस्तै बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको छ। नदी बजारको घरहरू नजिकै पुगिसकेकाले यसरी नै नदीको बहाब  बढ्यो भने वस्तीमा बाढी छिर्न सक्ने प्रहरीले जनाएको छ।

मेलम्चीले धार परिवर्तन गर्न थालेपछि ग्याल्थुम क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्