भविश्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि राष्ट्रिय बाल नीति निर्माण गर्दैछौ: मन्त्री आचार्य

बिहीबार, भदौ ७, २०८०
honor mob  winter sales

काठमाडौं । अहिले  बालबालिकामा लगानी गरेर भविश्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादनका लागि सरकारले राष्ट्रिय बाल नीति बनाउन लागेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले  बताएका छन् । 

Honor x7 pad

आज कीर्तिपुर नगरपालिकाको वडा नम्बर ७ लाई काठमाडौँ जिल्लाको पहिलो बालमैत्री शासनयुक्त वडा घोषणा कार्यक्रममा मन्त्री आचार्यले अहिले बालबालिकामा लगानी गर्न सकेमात्र भविष्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति बनाउन सकिने बताए । 

मन्त्री आचार्यले राष्ट्रिय बाल नीति अहिले मन्त्रीपरिषदको सामाजिक समितिमा रहेको बताउँदै छिट्टै संसदबाट पास गराउने तयारी भइरहेको बताए । 

उनले बालबालिका देशका भविष्य भएकाले बालमैत्री शासनयुक्त स्थानीय तह बनाउने काम अत्यन्तै सराहनीय काम गरेको भन्दै प्रशंसा गरे । 

मन्त्री आचार्यले भने, ‘कीर्तिपुरमा नै रहेको त्रिभुवन विश्वविद्यालयले जसरी राष्ट्रका लागि जनशक्ति उत्पादन गरेको छ त्यसैगरी आज यो ऐतिहासिक नगरी कीर्तिपुरले बालमैत्री स्थानीय शासन शुरुआत गरेर भविश्यमा राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन गर्ने काममा एउटा इँटा थपेको मैले महसुस गरेको छु ।’  

मन्त्री आचार्यले शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रलाई बालमैत्री बनाउन आवश्यक रहेको बताउँदै यी सबै विषय राष्ट्रिय बालनीति आएपछि संभव हुने बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्