प्रहरी हेडक्वाटरले भन्यो- आरजु राणा जोडिएको अडियो क्लिप थुनामा रहेका सन्देशसँग मिल्यो

आइतबार, असार २४, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी  सांसद आरजू राणाको नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम माग गरेको भन्ने अडियो क्लिप  थुनामा रहेका दाङका सन्देश शर्मासँग मिल्दो रहेको जनाएको छ ।

Honor x7 pad

प्रहरी प्रहरी प्रवक्ता कुवेर कडायतले उजुरी छानबिनको प्रगतिका सम्बन्धमा जानकारी दिँदै उक्त स्वर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानमा रहेका दाङ तुलसीपुरका ३४ वर्षका सन्देश शर्मासँग मेल खाएको उल्लेख गरेका छन् ।

Screenshot_20230709-133633_Chrome1688890234.jpg

कहाँ र कसबाट उक्त स्वर टिकटकमा राखियो भन्ने बारेमा टिकटक सिंगापुरलाई पत्राचार गरिएको भए पनि विवरण प्राप्त हुन नसकेको उनले जनाएका छन्।

शर्मा अहिले ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुने कडायतले जनाएका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्