सुन तस्करी प्रकरणको छानबिनका लागि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

बिहीबार, भदौ ७, २०८०
honor mob  winter sales

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयमा तानिएका छन्।

Honor x7 pad

गृह मन्त्रालयले  महानिर्देशक अधिकारीलाई आज गृह मन्त्रालय तानेको हो। महानिर्देशक अधिकारीलाई सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएको बारेमा मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ।

विशेष श्रोतका अनुसार महानिर्देशक अधिकारी र पक्राउ परेका दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको बारेमा सार्वजनिक भएको थियो । अधिकारीलाई छानबिनका लागि मन्त्रालय तानिएको बताइएको छ।

राजस्व अनुसन्धान विभागले दावालाई ठमेलबाट पक्राउ गरेको थियो। अहिले दावा सीआईबीको हिरासतमा रहदै आएका छन् । 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्