बिद्युत प्राधिकरण कोहलपुरका कर्मचारीमाथि आक्रमण

बिहीबार, भदौ ७, २०८०
honor mob  winter sales

नेपालगन्ज  । बाँकेको कोहलपुरस्थित नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ ।

Honor x7 pad

मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीमाथि आक्रमण भएको हो ।

बितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा खटिएका केसीमाथि आक्रमण गर्दै  कुटपिट घाइते बनाएका छन्।

घट्ना लगतै आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरि कारबाहीको माग गरिएको छ। प्राधिकरण कर्मचारी कल्याण परिषदका दिनेश कुमार प्रधान, प्राधिकरण कर्मचारी युनियनका लिला प्रसाद वली, राष्ट्रिय  कर्मचारी युनियनका रेशम कुमार थापा र आधिकारीक ट्रेड युनियन प्राधिकरण कर्मचारी संघका जय प्रकाश भण्डारीले संयुक्त बिज्ञप्ती जारी गर्दे दोषीलाई कारबाहीको माग गरेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्