महाकाली नदीले नाघ्यो सतर्कता तह

बिहीबार, भदौ ७, २०८०
honor mob  winter sales

कन्चनपुर। बाढी पूर्वानुमान् महाशाखाले महाकाली  नदीमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ। डडेलधुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ।

Honor x7 pad

महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ।

महाशाखाका अनुसार अहिले पानीको बहाव स्थिर भएपनि आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् छ।

पूर्वानुमान् महाशाखाले तटीय क्षेत्रका स्थानीय नागरिकलाई बाढीबाट हुने सक्ने खतरालाई मध्येनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्