त्रिशुली बस दुर्घटना अपडेट: मृतक ८ मध्ये ४ जनाको सनाखत

बुधबार, भदौ ६, २०८०
honor mob  winter sales

धादिङ ।  काठमाडौंबाट पोखरा जाँदै गर्दा त्रिशुलीमा खदेको यात्रुवाहक बसमा सवार ८ जनाको मृतक मध्ये ४ जनाको सनाखत भएको छ।

Honor x7 pad

प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका– २ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु भएका सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको उक्त प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे       उक्त ब्स धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको थियो   मृत्यु हुनेमा ६ पुरुष र २ महिला रहेका छन् ।

सडकबाट बस करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।  

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्