भर्खरै जन्मिएको नवजात शिशु बेपत्ता प्रकरणमा विराटनगरबाट ६ जना पक्राउ

बुधबार, भदौ ६, २०८०
honor mob  winter sales

विराटनगर  ।  जन्मने बित्तिकै विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएको नवजात शिशु प्रकरणमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

Honor x7 pad

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका २ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका ९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका २ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका९१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका९४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् । 

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा। तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ । 

उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।  

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्