पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक

बुधबार, भदौ ६, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ।

आज बिहान मन्त्री किरातीका पिता हर्क बहादुर राईको ७६ वर्षको उमेरमा निधन भएको हो। राई वीर अस्पतालमा लामो समयदेखि उपचाररत राई प्यारालाइसिसका बिरामी थिए।

पछिल्लो समय निमोनिया बढेपछि वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। आज बिहान उनको निधन भएको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

राईको पार्थिव शरीर मौसम खुलेपछि आजै भोजपुर लैजाने तयारी छ।  

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्