नेपालगञ्ज उद्योग वाणिज्य संघ निर्वाचन: महासचिव पदको पुनः मतगणना कार्य ३ दिनलाई स्थगित

मंगलबार, भदौ ५, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको छ।

Honor x7 pad

निर्वाचन आयुक्त टिकाजंग सिंह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको जनाइएको छ । सिंहले आज एक सूचना निकालेर आफू अस्वस्थ भएर अस्पताल भर्ना भएकाले तीन दिनसम्म निर्वाचनका बाँकी कार्यहरु तीन दिनका लागि स्थगित गरिएको उल्लेख गरेका छन् । 

चिकित्सकको सल्लाह अनुसार तीन दिनसम्म अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने भएकाले तीन दिनसम्मका लागि निर्वाचन सम्बन्धि बाँकी कार्यहरु स्थगित गरिएको निर्वाचन आयुक्त सिंहले जानकारी दिएका छन् । 

महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएपछि पुनः मतगणना गर्ने निर्णय थियो । निर्वाचन आयुक्तको कार्यालयबाट हिजो एक सूचना जारी गर्दै आयुक्त सिंहले महासचिवका उम्मेदवार शर्माले मतगणना कार्यमा चित्त नबुझेको भन्दै मतपरिणाम घोषणा हुनु पूर्व नै निवेदन दिएकाले आज विहान ८ बजेदेखि पुनः मतगणना गर्ने जानकारी दिएका थिए । 

महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन आयुक्त शाहले अन्तिम मतपरिणाम घोषणा गरेको भन्दै पुनः मतगणनाको माग गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको गरिएको थियो । केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको थियो ।

साझा प्रजातान्त्रिक समूहबबाट महासचिवमा शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्