सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौँ गोर्खाजले खराब शुरूआत गरेको । लिगको बिहीबार भएको पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गर्यो । मोइन अलीले ५१ बला अविजित रहँदै ५८ तथा सैफ हसनले ३९ बलमा अविजित रहँदै ४० रन जोडे ।
खेलमा टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरी १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन जोड्यो ।
करण केसीको कप्तानीमा रहेको काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । त्यस्तै रशिद खानले १७ तथा स्मित पटेलले १३ रन बनाए । जनकपुरका राहुल यादवले ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए ।
आठ टिम सहभागी लिगमा पहिलो चरणको खेल सकिइसकेको छ । यो जितसँगै जनकपुरले पनि अंकको खाता खोलेको छ । जनकपुरले पहिलो खेलमा हार बेहोरेको थियो ।
दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स भिड्दै छन् । दोस्रो खेल खेल्दै गरेको कर्णालीले पहिलो खेलमा जनकपुरलाई हराएको थियो । विराटनगर भने चितवन राइनोजसँग पराजित भएको थियो ।