Dashain Banner
Dashain Banner

३२ फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

शनिबार, असोज २४, २०८३

नेपालगन्ज । बाँके प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका ३२ प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले असोज १७ गतेदेखि असोज २३ गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल १२ लाख २१ हजार ५०८ रुपैयाँ जरिवाना र ९ वर्ष १ महिना २ दिन कैद सजाय असुल गर्नुपर्ने देखिएको छ। उनीहरूलाई अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

पछिल्लो समय फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई प्रहरीले तीव्रता दिएको छ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  ०८:२५
प्रतिक्रिया दिनुहोस्