बाँकेबाट २१ फरार प्रतिवादी पक्राउ, ११ महिना कैद असुलउपर

शनिबार, असोज १७, २०८३

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयबाट खटिएको प्रहरी टोलीले  असोज १० गतेदेखि असोज १६ गतेसम्मको अवधिमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका २१ जना प्रतिवादीबाट अदालतले तोकेको रु. ३ लाख २५ हजार ३ सय जरिवाना असुलउपर तथा ११ महिना १ दिन कैद कार्यान्वयन हुने भएको छ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  ०६:५९
प्रतिक्रिया दिनुहोस्