सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१ बाट खैरो हेरोइनसहित एक युवती र दुई युवकलाई जनालाई पक्राउ गरेको हो।
लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरका अनुसार नेपालगन्ज ब्यूरोको टोलीले आज १३.६० ग्राम खैरो हेरोइनसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीय सुनिल चौधरी, वडा नम्बर १२ की २१ वर्षीया सृष्टि थापा र वडा नम्बर १३ का २७ वर्षीय भेषबहादुर सार्कीलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट २ लाख २५ हजार रुपैयाँ नगद र चार थान मोबाइल समेत बरामद गरेको ब्यूरोले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको कोटेश्वर ब्यूरो कार्यालयले जनाएको छ।