नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: महासचिव पदमा पुन: मतगणना

सोमबार, भदौ ४, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदमा पुन: मतगणना हुने भएको छ ।

Honor x7 pad

महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुन: मतगणनाको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएका कारण पुनः मतगणना गर्ने निर्णय गरिएको निर्वाचन आयुक्त टीकाजंग शाहले जानकारी दिएका छन्   । निर्वाचन आयुक्तको कार्यालयबाट आज एक सूचना जारी गर्दै उनले महासचिवका उम्मेदवार शर्माले मतगणना कार्यमा चित्त नबुझेको भन्दै मतपरिणाम घोषणा हुनु पूर्व नै निवेदन दिएकाले भोलि विहान ८ बजेदेखि पुनः मतगणना गर्ने जानकारी दिएका हुन् ।

महासचिवका अर्का उम्मेदवार भिमबहादुर रानाभाटलाई नेपालगंज रंगशालाको कभर्डहलमा हुने पुन: मतगणनामा आफैं वा प्रतिनिधि उपस्थित गराउन भनिएको छ। 

महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन आयुक्त शाहले अन्तिम मतपरिणाम घोषणा गरेको भन्दै पुनः मतगणनाको माग गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको गरिएको थियो ।

केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको थियो ।

साझा प्रजातान्त्रिक समूहबबाट महासचिवमा शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्