श्रीमान‍्को फरुवा प्रहारबाट श्रीमतीको मृत्यु, स्थानीयद्वारा श्रीमान् नियन्त्रणमा

मंगलबार, असोज ६, २०८३

सुर्खेत । चौकुने गाउँपालिका–५ रेक्चामा श्रीमान‍्को फरुवा प्रहारबाट  श्रीमतीको ज्यान गएको छ।

प्रहरीका अनुसार ३० वर्षीया चन्द्रा देवकोटामाथि उनका ३२ वर्षीय श्रीमान् गोपीराम जैसीले मंगलबार बिहान फरुवाले टाउकोमा प्रहार गरेका थिए। घटनापछि चन्द्राको घटनास्थलमै मृत्यु भएको हो।

घटना बिहान करिब १०ः२० बजेको समयमा भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराले जानकारी दिए।
घटनालगत्तै स्थानीयवासीले गोपीरामलाई नियन्त्रणमा लिएका थिए। प्रहरीले घटनास्थल पुगेर घटनाको कारण तथा अन्य पक्षबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १५:०७
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह