सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । ११ र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको हो । बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । त्यस्तै, कैलालीको गोदावरी नगरपालिका–९ बस्ने ४५ वर्षीय झेलु भन्ने नविन चौधरी पनि १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।