सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया । बर्दियामा गुडिरहेको माइक्रोमा अचानक आगलागी भएको छ।
कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु(प( प्र(०१–००२ ज ४३३ नम्बरको माइक्रोमा बारबर्दिया नगरपालिका–७, रम्मापुरस्थित ५ नम्बर चोक नजिक महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा आगो लागेको हो।
माइक्रोमा चालक र सहचालक मात्रै रहेको र उनीहरू दुवै जना सकुशल रहेको बर्दिया प्रहरीले जनाएको छ। आगलागीबाट माइक्रो,त्यसभिर रहेका कागजपत्रसहित ४२ हजार रुपैयाँ जलेर क्षति भएको बताइएको छ।
आगलागीको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। आगो नियन्त्रणमा लिन ठाकुरबाबा नगरपालिकाको दमकलसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।