सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज २७ देखि असोज २ गतेसम्म १२ फरार प्रतिवादी पक्राउ गरेको हो।
पक्राउ परेका १२ जनाबाट अदालतले तोकेको रु। २६ हजार ३ सय ५३ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूलाई अदालतबाट तोकिएको कुल १ वर्ष ८ महिना २१ दिन कैद भुक्तानका लागि सम्बन्धित निकायमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरका अनुसार फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको हो।